बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हेटौंडा अस्पतालमा कोरोनाबाट महिला कर्मचारीको मृत्यु

शुक्रबार, १५ साउन २०७८, २२ : १९
शुक्रबार, १५ साउन २०७८

कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा कार्यरत एक महिला कर्मचारीको मृत्यु  भएको छ । संक्रमणबाट अस्पतालमा कार्यालय सहयोगीको रुपमा कार्यरत एक महिलाको शुक्रबार साँझ मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा अस्पतालकी कर्मचारी तारा तिमल्सिना रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा.सागर काफ्लेले जानकारी दिए ।   कोभिडको  महामारीमा बिरामीहरुको सेवाका क्रममा उनीलाई संक्रमण पुष्टि भएको डा. काफ्लेले बताए । संक्रमण पुष्टि भए लगत्तै अस्पतालको  आइसियुमा राखेर उपचार भइरहेको बखत उनको मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप