शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फा उपाध्यक्ष र प्रशिक्षकबीचको विवाद मन्त्रालय पुग्यो

शुक्रबार, १५ साउन २०७८, २२ : ००
शुक्रबार, १५ साउन २०७८

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुतारीको विवाद अब युवा तथा खेलकुद मन्त्रालयसम्म पुगेको छ । शुक्रबार बसेको कार्यसमितिको आकस्मिक बैठकले नेम्वाङ र अल्मुतारीले एन्फा सचिवालयमा दिएको निवेदन उपर छलफल गर्दा उक्त निवेदनको सम्बन्धमा छानबिन गर्न नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिएका हुन् ।

आजको बैठकले अक्टोबर पहिलो हप्ता हुने साफ च्याम्पियनसीप नेपालमा आयोजना गर्न आवश्यक पर्ने १० करोड बराबरको विस्तृत प्रस्तावसहित साफमा अनुरोध गर्ने निर्णय पनि गरेको छ । उक्त प्रतियोगिता नेपालमा आयोजना गर्न नेपाल सरकारबाट स्रोत सुनिश्चितता प्रतिबद्धता पत्र प्राप्त सहति प्रतियोगिता आयोजना गर्न ५ करोड आर्थिक सहयोग प्रदान गर्ने मन्त्री स्तरीय निर्णय भएको हुँदा नेपाल सरकार र अर्थ मन्त्रालयलाई आभार व्यक्ति गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।

यस्ता छन् निर्णय :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप