प्रधामन्त्री देउवालाई कोरियाली राष्ट्रपतिको बधाई
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा गणतन्त्र कोरियाका राष्ट्रपति मुन जे इनले हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको सफलताको कामना गरेका छन् ।
परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति मुनले पठाउनुभएको बधाई सन्देश नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले आज हस्तान्तरण गरेका हुन् । बधाई सन्देशका निम्ति कोरियाली राष्ट्रपतिमा आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाल र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन राष्ट्रपति मुनसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएका छन् । कोरियाका राजदूतसँग द्विपक्षीय सम्बन्ध प्रवद्र्धन गर्नेबारेमा प्रधानमन्त्रीले विचारविमर्श गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आजै प्रधानमन्त्री देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच पारस्परिक हितका विषयसहित कोभिड–१९विरुद्धको सहयोग एवम् ऐक्यबद्धता, द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवर्द्धनबारे छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी