बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फोटोन ब्रान्डका गाडीहरु खरिद गर्न चाहने ग्राहकलाई महालक्ष्मी विकास बैंकले ८०%सम्म सरल कर्जा दिने

शुक्रबार, १५ साउन २०७८, १८ : १८
शुक्रबार, १५ साउन २०७८

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने भएको छ ।

जसका लागि बैंकले एमएडब्लु बृद्धि कमर्सियल भेहिकल्ससँग सम्झौता गरेको छ । 

उक्त सम्झौता अनुसार एमएडब्लु बृद्धि कमर्सियल भेहिकल्सबाट ग्राहकहरुले फोटोन ब्रान्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप