गण्डकीमा ४६७ जनामा कोरोना संक्रमण, थप ५ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ४६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार २६३ जनाको नमुना परीक्षण गरिएकामा ४६७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २१९ महिला र २४८ जना पुरुष रहेका छन् । प्रदेशका १० जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै मनाङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्की २०२, बागलुङ १९, स्याङ्जा २६ म्याग्दी ३, पर्वत ६, गोरखा ६०, लमजुङ ४०, तनहुँमा ५,मनाङ २ र नवलपुरमा १०४ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६७ हजार १८३ पुगेको छ । प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–२७ का ६६ वर्षीय पुरुष, कास्कीको अन्नपूर्ण–४ की ८० वर्षीय महिला,मादी–५ की ४२ वर्षीय महिला, स्याङजा पुतलीबजार–१३ की ४३ वर्षीय महिला र पुतली बजारका अर्का ४३ वर्षीय कोरोना संक्रमित पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८८ जना पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ४२६ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ४ हजार ६६९ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो
-
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हब बनाउन मुख्यमन्त्रीको प्रस्ताव