लुम्बिनी प्रदेश प्रमुखको स्वागत तथा पदबहाली कार्यक्रम प्रदेश सरकारबाट ‘बहिष्कार’

person explore access_timeसाउन १५, २०७८ chat_bubble_outline0

 लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनको पद बहाली कार्यक्रमलाई प्रदेश सरकारका प्रतिनिधिले बहिष्कार गरेका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पदबहाली गरेका शेरचनलाई प्रदेश सरकारका तर्फबाट स्वागतसमेत गरिएन ।

प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गर्दा माओवादी केन्द्रसहित विभिन्न दलका कार्यकर्ताको लर्को थियो । तर सो कार्यक्रममा मुख्यमन्त्री र प्रदेशका मन्त्रीहरु भने उपस्थित थिएनन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्रीसहित मन्त्रीहरु सरकारको कामको समीक्षामा तीन दिनदेखि व्यस्त रहेकाले प्रदेश प्रमुखको स्वागतमा जान नपाएको बताए ।

रातोपाटीसँग उनले भने, ‘प्रदेश प्रमुखको स्वागतमा जानुपर्ने त हो तर सरकारको कामको समीक्षा चलिरहेका कारण जान पाइएन ।’ उल्लेखनीय छ, यसअघि पदमुक्त भएका प्रदेश प्रमुख धर्मनाथ यादवलाई भने प्रदेश सरकारका तर्फबाट बिदाइ गरिएको थियो । तर नवनियुक्त प्रदेश प्रमुखलाई स्वागत गर्न प्रदेश सरकारले बेवास्ता गरेको हो । 

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।