मदन पुरस्कारको सूचीमा ९ पुस्तक छानिए
मदन पुरस्कार गुठीले २०७७ को पुरस्कारका लागि ९ पुस्तक उत्कृष्ट सूचीमा छनोट गरेको छ । सूचीमा गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान रहेका छन् ।
यसैगरी प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेशन कुँवरको रमिते र भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह मदन पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तकको सूचीमा परेका छन् ।
मदन पुरस्कार गुठीका अनुसार २०७७ सालको पुरस्कारका लागि २२२ वटा पुस्तक प्राप्त भएका छन् ।
यी पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न समिति गठन गरिएको थियो । समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको हो ।
अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनौटको एउटा आधार बनाइएको गुठीको भनाइ छ ।
छनौटमा परेका ९ पुस्तकहरू मध्येबाट एक पुस्तकलाई २०७७ सालको मदन पुरस्कार प्रदान गरिने गुठीले विज्ञप्तिमार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने