लागुऔषधसहित एक जना पकाउ

person explore access_timeसाउन १५, २०७८ chat_bubble_outline0

कैलाली प्रहरीले १२ ग्राम ६ सय ३० मिलिग्राम लागु औषध खैरो हेरोइन सहित १ जनालाई पकाउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २५ वर्षीय जितेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । 

बिहीबार दिउँसो विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भजनी र कैलालीको संयुक्त प्रहरी भजनी नगरपालिका ५ स्थित कौवाखेडा घाटबाट पक्राउ गरेको हो  
 युपी३१एएफ८१६७ नम्बरको मोटरसाइकलमा सवार सिंहलाई शंका लागि चेकजाँच गर्दा सो  लागु औषध फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले रातोपाटीलाई जानकारी दिए । 

तत्काल उनलाई प्रहरीले पक्राउ गरी लागु औषध खैरो हेरोइन शीर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।