शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हराएकी ६ वर्षीया बालिकाको शव इनारमा फेला

शुक्रबार, १५ साउन २०७८, १५ : ०९
शुक्रबार, १५ साउन २०७८

गणेशमान चारनाथ नगरपालिका– १० बरमाझियाबाट हराइरहेकी छ वर्षीया बालिकाको शव फेला परेको छ । सोमबार विहान घरबाटै  हराइरहेकी प्रीति यादवको शव आज इनारमा फेला परेको हो ।  बालिका पिता वीरेन्द्र यादवका अनुसार  सोमबार बिहान ९ बजे घर नजिकै रहेको पसलबाट चकलेट किनेर फर्कने क्रममा उनी बेपत्ता भएकी थिइन् ।

बालिकाको शव घरदेखि ५०० मिटरका दूरीमा रहेको इनारमा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।  शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप