महामारीमा सक्रियलाई बारबरा फाउन्डेशनले सम्मान गर्ने
महामारीको समय फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थकर्मी, व्यवस्थापक र सहयोगीसहित ८० जना तथा ७ वटा संस्थालाई बारबरा फाउन्डेशनले कोभिड १९ विशेष सम्मान प्रदान गर्ने भएको छ ।
बारबरा फाउन्डेशनका अध्यक्ष डाक्टर सन्दुक रुइतका अनुसार फाउन्डेशनले संस्थागत विधातर्फ सातवटा संस्थालाई सम्मान गर्दैछ । जसमा भारतपुर अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, एपिएफ अस्पताल, नेपाली सेना मृत शरीर व्यवस्थापन समूह, हामी नेपाल र नेपाल एम्बुलेन्स सेवा छन् । यसैगरी, फाउन्डेशनले २० जना चिकित्सकलाई जनही नगद २ लाख ५० हजार रुपैयाँसहित सम्मान प्रदान गर्ने भएको छ ।
२७ जना नर्सलाई १ लाख ५० हजार नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ । त्यसैगरी व्यवस्थापन तथा सार्वजनिक नीति विधाअन्तर्गत १९ जना व्यवस्थापकहरुलाई सम्मान गर्दैछ । यस विधातर्फ तीनजनाले सम्मानसँगै २ लाख ५० हजार रुपैयाँ नगद पनि प्राप्त गर्नेछन् ।
ल्याब–प्यारा मेडिकललगायत विभिन्न क्षेत्रबाट उत्कृष्ट योगदान गर्ने ९ जना मेडिकल सर्पोट कर्मचारीलाई जनही १ लाख रुपैयाँले सम्मान गर्दैछ । त्यसैगरी, फ्रन्टलाईनमा सक्रिय पाँचजना स्वास्थ सहयोगी कर्मचारीलाई जनही नगद १ लाख रुपैयाँले सम्मान गर्दैछ । सम्मान शनिबार वितरण हुनेछ ।
सम्मानित हुनेहरुको सूची यस्तो छः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु