बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‍...नत्र एमसीसी खारेज गरौँः राणा

शुक्रबार, १५ साउन २०७८, १४ : ३०
शुक्रबार, १५ साउन २०७८

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवल शम्शेर राणाले एमसीसी सहयोग बिना पनि नेपाल अगाडि बढ्न सक्ने बताएका छन् ।
 
'जनताको अधिक चासो, चिन्ता र विरोध रहेको एमसीसीको यथार्थ अवस्था कि त जनतालाई बुझाउन सक्नुपर्यो, नत्र खारेज गर्नुपर्यो', नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका राणाले भने ।

‘अन्य देशहरूसँग पनि आर्थिक सहयोग लिने गरेको नेपालले यो एमसीसीमा जनताको यति धेरै चासो, चिन्ता र विरोध किन छ ?’ उनले ट्वीट गर्दै भने ।

‘यदि नेपालीको लागि सहयोग हो भने बुझाउन सक्नुपर्यो, नत्र यो आर्थिक सहयोग बिना देशै अगाडि नबढ्ने होइन, यसलाई खारेज गरौ,’ राणाले भने ।

राप्रपाका प्रभावशाली नेता राणाले आसन्न महाधिवेशनमा पार्टी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने माग र बहस राप्रपा भित्र व्यापक बनिरहेको अवस्थामा लोकप्रिय नेता राणाले नेतृत्वको लागि दावी अघि सारेका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप