ठमेलमा चिनियाँको मदिरा कारखाना, प्रहरीको छापा, तस्बिरमा हेर्नुहाेस्
ठमेलको ज्याठामा चिनियाँ नागरिकले सञ्चालन गरेको लोकल मदिरा उत्पादन गर्ने कारखानामा महानगरीय अपराध महाशाखाले छापा मारेको छ । घर भाडामा लिएर सञ्चालन गरिएको मदिरा कारखानामा छापा मारेर करिब १० हजार लिटर मदिरा बरामद गरिएको महाशाखाका प्रमुख (एसएसपी) चन्द्र कुवेर खापुङ्गले रातोपाटीलाई बताए ।
चीनको जियाङ्गसु प्रान्त घर भएका सिजी उईले ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ नामक मदिरा उत्पादन गर्ने गरेका थिए । सरकारी अनुमति बिना लोकल मदिरा उत्पादन गर्ने सिजी उईलाई महाशाखाले नियन्त्रणमा लिएको छ ।
लोकल रक्सी उत्पादन गर्ने मेशिन पनि प्रहरीले बरामद गरेको छ । रक्सी उत्पादन गर्ने चिनियाँले ५ तले घर भाडामा लिए त्यहाँ होटल पनि सञ्चालन गरेका थिए । ‘होटल स्विट ठमेल होटल एन्ड रेष्टुरेन्ट’ काठमाडौँ महानगरपालिका वडा नम्बर–२६ मा दर्ता गरेको पाइएको छ । महाशखाले सो घर सिल गरेको छ ।
बरामद मदिरा आन्तरिक राजस्व कार्यालयलाई थप अनुसन्धान र कारबाहीका लागी बुझाइने एसएसपी खापुङ्गले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)