तत्काल राहत घोषणा गर्न सांसद संग्रौलाको माग
नेपाली काँग्रेस सांसद डा. डिला संग्रौलाले महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन सरकारसँग माग गरेकी छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले कोभिडका कारण घरेलु हिंसा, महिला विरुद्ध हिंसाका घटनाहरु बढेका बताइन् ।
उनले भनिन् ,‘प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय दिनमा औसत २२ महिला, किशोरी र बालिका हराउने गरेका छन् । तीमध्ये करिब १० जना भेटिन्छन् । आधाभन्दा बढीचाहिँ हराइरहेका छन्। त्यसैले नयाँ सरकारलाई महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन पनि माग गर्दछु।’
संग्रौलाले शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आम जनताको अपेक्षा बढेको बताइन् ।
‘कोरोना महामारीका कारण लाखौं जनताले रोजगारी गुमाएका छन्। लाखौं बालबालिकाले पढ्न पाएका छैनन्। सरकारले कोभिड विरुद्ध खोप पुराउने कामलाई सर्वोच्च प्राथमिकता दिनुका साथै आर्थिक रुपले कमजोर वर्गलाई तत्काल राहत घोषणा गर्न आग्रह गर्दछु,’ उनले भनिन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण