बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्मचारी प्रशासन आतंकित भएको नवराज सिलवालको आरोप

शुक्रबार, १५ साउन २०७८, १३ : ४९
शुक्रबार, १५ साउन २०७८

नेकपा एमालेका सांसद नवराज सिलवालले सरकारले सुरुवाती काम नै राम्रोसँग गर्न नसकेको आरोप लगाएका छन् ।  प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिलवालले नयाँ सरकार बनेपछि कर्मचारी प्रशासन आतंकित भएको दावी गरे । उनले सरकारका सचिवहरु कहाँ सरुवा हुने हो भनेर आतंकित बनेको बताउँदै सुरुवाती चरणमै सरकारले राम्रो काम गर्ने लक्षण नदेखाएको बताए । 

उनले सरकारको १ सय दिन नपुगेसम्म आलोचना नगर्ने बताउँदै सांसद सिलवालले प्रधानमन्त्रीले कोभिड खोपको बारेमा ठूलो भाषण गरेको भन्दै कोरोनाको तेश्रो लहर आउन लागेकोले त्यसलाई रोक्न एक्सनमा जानुपर्ने उल्लेख गरे  उनले कोभिडको तेश्रो लहरबाट जोगाउन सरकारको के नीति छ त्यो नआएको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप