सांसदको आरोप : प्रभु साहले महिलाको चरित्र हत्या गर्नुभयो
शुक्रबार, १५ साउन २०७८, १३ : २४

सांसद दिलकुमारीले पूर्वमन्त्री प्रभु साहले महिलाको अपमान गरेको आरोप लगाएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले पूर्वमन्त्री साहले महिलाको सभ्यतामाथि आक्रमण गरेको र चरित्र हत्या गरेको उल्लेख गरिन् । के विषयमा साहले चरित्र हत्या गरेका हुन् उनले १ मिनेट बोल्ने समयमा पूरा गर्न सकिनन् ।
उनले भनिन्–‘प्रभु शाहले विगत २ वर्षदेखि मदानी मेला लगाउने गरेका छन्, के समाजवादमा जाने बाटो यही हो । प्रभु साहले समाजवादको नाममा ब्रह्मलुट गर्दै हुनुहुन्छ । भेटी दक्षिणमा व्यापक भ्रष्टाचार गर्नुहुन्छ । उहाँले शिवनगरमा महिलाको अस्मितामा आँच आउने काम गर्नुभएको छ ।’ सांसद दिलकुमारीको १ मिनेटको बोल्ने समय सकिएपछि सभामुख अग्नि सापकोटाले माइक काटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न