आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न पहल गर्छु : प्रमुख गुरुङ

शुक्रबार, १५ साउन २०७८, १२ : ५०
शुक्रबार, १५ साउन २०७८

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफू गणतान्त्रिक संविधानको रक्षा र लोकतन्त्रलाई  संस्थागत गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पदभार ग्रहण अघि गृहजिल्ला चितवन आएका उनले आज पत्रकारसँगको कुराकानीमा संविधान बाहिर गएर कुनै पनि काम नगर्ने बताएका हुन् ।

प्रदेश प्रमुख गुरुङले भने, “सरकारले मलाई राजनीतिक निष्‍ठाका कारण दिएको जिम्मेवारीमा आँच नआउने गरी काम गर्ने र  पदमा रहुञ्जेल राजनीतिक दलमा निष्क्रिय रहेर प्रदेशको विकासमा लाग्छु ।” फरक प्रसङ्गमा उहाँले  पार्टीको १४ औँ महाधिवेशनमा कुनै पदका लागि पनि उम्मेदवारी नदिने  पनि घोषणा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप