शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्दाकिनी : राज कपुरले बनाएका थिए स्टार, यसरी सकियो करियर

शुक्रबार, १५ साउन २०७८, १२ : ११
शुक्रबार, १५ साउन २०७८

भारतकी सुन्दर अभिनेत्रीमा पर्दछिन् मन्दाकिनी चन्द । उनको फिल्म करियर निकै छोटो रहन पुग्यो । तर पनि उनी दर्शकमा राम्रो छापा छोड्न रहिन् । उनी आफै फिल्म करियरबाट टाढा भएकी हुन् ।

सुपरहिट फिल्म ‘राम तेरी गंगा मैली’बाट दर्शकमा राम्रो छाप छाड्न सफल उनलाई आज पनि मानिसले बिर्सन सकेका छैनन् । ‘राम तेरी गंगा मैली’मा भने उनको गंगाको भूमिका रहेको थियो । उनले धेरै फिल्ममा काम गरेकी छन् ।

आज मन्दाकिनीको जन्मदिन समेत परेको छ । जुलाई ३० मा जन्मिएकी मन्दाकिनीको बास्तविक नाम यास्मीन जोसेफ हो । उनी मुलरुपमा मेरठ, उत्तर प्रदेशकी बासिन्दा हुन् ।

राज कपुरले बनाए स्टार

फिल्म ‘राम तरी गंगा मैली’ अगाडि तीन फिल्मका निर्माताले उनलाई अस्विकार गरेका थिए । मन्दाकिनी फिल्मको काम भन्दा बढी मोस्ट वान्टेड ग्याङ्स्टार दाउन इब्राहिमसँगको अफेयरले चर्चामा रहन सफल भएकी थिइन् ।

८०–९० दशकमा आफ्नो बोल्ड अन्दाज प्रस्तुत गर्ने मन्दाकिनीको नाम सफल अभिनेत्रीको सूचीमा भने सामावेश हुन सकेन । उनले १९८५ मा फिल्म ‘मेरा साथी’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । अभिनेता निर्देशक राज कुपुरले उनलाई पहिलो ब्रेक दिएका थिए । सो समय उनी २२ वर्षकी थिइन् । राज कपुरले नै उनको नाम ‘यास्मीन’बाट मन्दाकिनीमा परिणत गरिदिएका थिए ।

राम तेरी गंगा मैली’मा मन्दाकिनीले एक जवर्जस्त बोल्ड सिन दिएकी थिइन् । फिल्ममा उनले सेतो सारी लगाएर झरना दृख्य दिएकी थिइन् । यो दृश्यलाई राजकपुरले सेन्सर बोर्डमा कसरी पास गराए आजसम्म मानिस चकित छन् ।

फिल्म अभिनय

मन्दाकिनीले आफ्नो फिल्म करियरमा ‘आग और शोला’, ‘अपना अपना’, ‘प्यार करके देखो’, ‘हवालात’, ‘नयाँ कानुन’, ‘दुश्मन’ जस्ता फिल्ममा काम गरेकी छन् । उनी पछिल्लो समय १९९६ मा फिल्म ‘जोर्दार’मा देखिएकी थिइन् ।

दाउद इब्राहिमसँग सम्बन्ध

१९९४मा मन्दाकिनीको दाउद इब्राहिमसँग केही तस्बिर बाहिर आएको थियो । जसले सन्ननी मच्चायो । उनी १९९४–९५मा दुवईका शारजाहमा भारत र पाकिस्तान क्रिकेट म्याचको क्रममा अन्डरवल्र्ड डन दाउद इब्राहिमसँग देखिएकी थिइन् । उनको त्यो क्रियाकलाप मिडियामा मुख्या मसला बनेका थिए ।

मन्दाकिनीको करियर १९९६ मा आएको फिल्म ‘जोर्दार’बाट सकिएको थियो । दाउदको कारण उनले धेरै फिल्म पाएको समेत भनिएको छ । तर मन्दाकिनीले दाउदसँगको सम्बन्ध सधै अस्वीकार गरिन् । त्यही बेला उनको फिल्मी करियर पनि सकियो ।

अहिले योग गुरु

मन्दाकिनीलेले १९९०मा बौद्ध भिक्षु डाक्टर काग्युर टी रिन्पोछे ठाकुरसँग विवाह गरेकी थिइन् । मन्दाकिनीका दुई बच्चा रहेका छन् । छोराको नाम रबिल र छोरीको नाम इनाया ठाकुर हो । एक रिपोर्टका अनुसार मन्दाकिनी अहिले दलाई लामाको एक अनुयायी बनेकी छन् । तिब्बतमा योग सिकाउन कक्षाहरु चलाउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप