महन्थ ठाकुरले दायर गरेको रिट निवेदन न्यायाधीशद्वय खतिवडा र चुडालको संयुक्त इजलासमा

जनता समाजवादी पार्टी नेपालको अध्यक्षका हैसियतमा महन्थ ठाकुरले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतले शुक्रबारका लागि उक्त रिट निवेदन न्यायाधीशद्वय खतिवडा र चुडालको संयुक्त इजलासमा पेसी तोकेको हो ।
निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकतासम्बन्धी विवाद केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट छिनोफानो गर्ने प्रक्रिया अघि बढाएपछि उक्त प्रक्रियालाई नै रोक्न माग गर्दै ठाकुरले रिट निवेदन दिएका थिए ।
यद्यपि उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको थियो । यसबीचमा निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको बहुमतका आधारमा पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ ।
रिट निवेदनमा ठाकुरले कार्यकारिणी समितिकै विवाद निरूपण नगरी निर्वाचन आयोगले सिधै बहुमत र अल्पमतको परीक्षण गर्न थालेको भन्दै त्यसलाई रोक्नसमेत माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र
-
पेप्सीकोलामा ६० लाख लुटपाटमा संलग्नहरूविरुद्ध डाँकाचोरी मुद्दा
-
बेंगलुरुसँग हार्यो राजस्थान, कोहलीले बनाए टी-२० मा १०० औँ अर्धशतक
-
२०८१ लाई फर्केर हेर्दा : बागमतीको सरकार र संसद दुवै प्रभावकारी देखिएन
-
एमालेले बोलायो सचिवालय बैठक