इन्टरनेसनल स्पेस स्टेसन ठूलो दुर्घटनाबाट जोगियो, ४५ मिनेटसम्म नासाको नियन्त्रणबाहिर
अन्तरिक्षमा रहेको इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा बिहीबार ठूलो दुर्घटना टरेको छ । आफ्नो कक्ष (अर्बिट) मा जुन ठाउँमा रहनुपर्ने त्यहाँबाट आईएसएस ४५ मिनेटसम्म हटेको थियो । पछि नासाको कन्ट्रोल सेन्टरमा रहेका फ्लाइट टिमले कन्ट्रोल थ्रस्टर्सको मद्दतले स्टेसनलाई त्यसको सही स्थानमा लगेको थियो । स्टेसन आधा डिग्री प्रति सेकेन्डको गतिले आफ्नो वास्तविक ठाउँबाट हटेको थियो ।
नसाका अनुसार यो घटना रुसी ल्याब्रेटरी मोड्यूल नाउकामा प्राविधिक गडबडी देखिएपछि भएको थियो । नाउका हालैमात्र आईएसएससँग जोडिएको हो । यसका जेट थ्रस्टर्स आफै चालू भएको थियो । यसले गर्दा आईएसएस अमेरिकी स्पेस एजेन्सी नासाको नियन्त्रणबाहिर पुगेको थियो । आईएसएसमा हाल ७ जना अन्तरिक्ष यात्रीहरू रहेका छन् ।
जति बेला यो घटना भयो, त्यतिबेला नासाले बोइङ सीएसटी–१०० स्टारलाइनर क्याप्सुललाई लञ्चका लागि काउन्टडाउन सुरु गर्नुपर्ने थियो । त्यो पनि आईएसएससँग जोडिनुपर्ने थियो । अब त्यसको लञ्चलाई ३ अगस्तमा तय गरिएको छ । स्टारलाइनरलाई फ्लोरिडाको क्यानेडी स्पेस सेन्टरबाट बोइङ लकहिड मार्टिन कर्प एटलस भी रकेटबाट लञ्च गरिनुपर्ने थियो ।
नासाका अनुसार स्टेसनमा अहिले दुई रुसी, तीन अमेरिकी, एक जापानी र एक फ्रेन्च अन्तरिक्ष यात्री रहेका छन् । ४५ मिनेटको घटनाका दौरान जमिनमा रहेका टोलीसँग उनीहरूको सम्पर्क दुई पटक टुटेको तर खतराभन्दा भने बाहिर नै रहेको बताइएको छ । नाउका मोड्युलको थ्रस्टर्समा कस्तो समस्या देखिएको भन्नेबारे विस्तृत विवरण आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल