शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

जय नेपाल र नक्साल भगवतीमा आजदेखि नयाँ ट्राफिक लाइट सञ्चालन

शुक्रबार, १५ साउन २०७८, ११ : २२
शुक्रबार, १५ साउन २०७८

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि जय नेपाल र नक्साल भगवती बहालमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको छ । 
नयाँ जडान गरिएको जय नेपाल चोकको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र कामनपा वडा नं – १ का वडाअध्यक्ष भरत लाल श्रेष्ठले स्विच अन गरी संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् । 

यसैगरी नक्साल भगवतीको ट्राफिक लाइट महाशाखा प्रमुख भट्टराई र कुमारी बैङ्कका चिफ अप्रेशन अफिसर राम चन्द्र खनालले गरेका हुन् । 
उक्त उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइँदै आएको बताए । 

महाशाखाले हालसम्म उपत्यकाको मुख्य मुख्य ३४ वटा चोकहरुमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन गर्दै आएको छ । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउँदै दुर्घटना न्युनीकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा लाइट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप