शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

शुक्रबार, १५ साउन २०७८, ११ : ०९
शुक्रबार, १५ साउन २०७८

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार नेपाली किसानहरूले साउन १५ लाई खीर खाने दिनका रूपमा मनाउँदै आएको र त्यसैलाई निरन्तरता दिन एमालेले खीर खाने कार्यक्रम आयोजना गरेको हो । त्यसका लागि शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म सबैलाई पार्टी कार्यालयमा आउन निम्ता पठाइएको तामाङले जानकारी दिए । नेपाली किसानहरूले असार १५ मा दही चिउरा खाएर रोपाई गर्ने गर्छन् भने रोपाई सकिएर फुर्सद हुने भएपछि साउन १५ मा खीर खाने चलन रही आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप