राज कुन्द्राको अश्लील भिडियो प्रकरण : शिल्पाले हालिन् पत्रकारविरुद्ध मुद्दा
शुक्रबार, १५ साउन २०७८, ११ : ०३
मुम्बई । भारतीय नायिका शिल्पा शेट्टीले २९ मिडियाकर्मी तथा मिडियाबिरुद्ध मुम्बई उच्च अदालतमा मानहानीको मुद्दा दायर गरेकी छन् । मिडियाले झूठो रिपोर्टिङ गरेको र आफ्नो छवि बिगारेको शेट्टीले आरोप लगाएकी छन् ।
अश्लील फिल्म निर्माण र प्रसारणको मामलामा शिल्पाका पति राज कुन्द्रा विवादमा फसेका छन् । हरेक दिन यो विषयसँग जोडिएर केही न केही समाचारहरु भारतीय मिडियामा आइरहेका छन् । जसका कारण शिल्पाका पति झन्–झन् समस्यामा पर्न थालेपछि शिल्पाले मिडियाविरुद्ध मुद्दा हालेकी हुन् ।
राज कुन्द्राको अश्लील भिडियो निर्माणको मामलामा अभिनेत्री शिल्पा शेट्टीसँग पनि सोधपुछ भएको छ । यो मुद्दामा शिल्पाले राज कुन्द्रा र आफ्नो बारेमा मिडियाले आफ्नो विषयमा र छवि बिगारेको आरोप लगाएकी छन् ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा
-
आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार
-
नोट १३ सिरिजका नयाँ वर्ष अफर अझै जारी
-
जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक छ: मन्त्री बस्नेत
-
गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै