बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेशका कोरोनाबाट हालसम्म ४ हजार बढीको मृत्यु

शुक्रबार, १५ साउन २०७८, १० : २८
शुक्रबार, १५ साउन २०७८

बागमती प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट हालसम्म ४ हजार ३९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा प्रदेशका १३ जिल्लाका कुल संक्रमितको १ दशमलव ०८ प्रतिशत अर्थात ४ हजार ३९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  ५ जना पुरुष रहेका छन् भने ३ जना महिला रहेका छन् ।

कोरोना संक्रमणका कारण काठमाडौं र भक्तपुरमा २–२ जनाको मृत्यु भएको छ भने धादिङ, दोलखा, मकवानपुर र सिन्धुपाल्चोकमा १–१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोतम सेढाइँले जानकारी दिए ।

बागमती प्रदेशमा २१ लाख ९२ हजार ४ सय ७४ जनाको कोरोना परीक्षण गर्दा ३ लाख ७२ हजार ४ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यो कुल परीक्षणको १६ दशमलव ९९ प्रतिशत हो ।

बागमती प्रदेश रहेका कुल संक्रमित मध्ये करिव ९६ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

प्रदेशका १३ जिल्लाका कुल ३ लाख ७२ हजार ४ सय ५२ जनामा कोरोना संक्रमण देखिएकोमा ३ लाख ५७ हजार ४ सय ६१ जनामा कोरोना संक्रमण निको भएको मन्त्रालयको तथ्याङ्क रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशका ७ सय ७१ जनामा कोरोना संक्रमण निको भएको छ ।

सक्रिय संक्रमितको संख्या ११ हजार नजिक

यसैगरी बागमती प्रदेशमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ११ हजार नजिक  रहेको छ ।

प्रदेशको काठमाडौं उपत्यका सहितका जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ९७ जना रहेको छ ।

जसमध्ये होम आइसोलेशनमा ९ हजार ३ सय २२ जना रहेका छन् भने १ हजार ६ सय ७५ जना विभिन्न अस्पतालका आइसीयू, भेन्टिलेटर, एचडीयू र संस्थागत आइसोलेशनमा बसिरहेका छन् ।

प्रदेशका १३ जिल्लाको विभिन्न अस्पतालले संचालन गरेको आईसीयूमा ३ सय ८१ जना, एचडियूमा ७ सय ९ जना, भेन्टिलेटरमा ८६ जना, सामान्य उपचार कक्षमा २ सय १६ जनाको उपचार भइरहेको प्रवक्ता डा. सेढाइँले बताए ।

२ सय ३८ जना कोरोना संक्रमितहरु भने प्रदेशमा विभिन्न स्थानीय तह, अस्पताल र संस्थाहरुले संचालन गरेको संस्थागत आइसोलेशनमा बसिरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप