शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धुर्मुस सुन्तलीको चलचित्र ‘म त मर्छु कि क्या हो’ डिजिटल प्लेटफर्मबाट रिलिज हुने

शुक्रबार, १५ साउन २०७८, १० : २६
शुक्रबार, १५ साउन २०७८

काठमाडौंँ । हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले आफ्नो फिल्म ‘म त मर्छु कि क्या हो’ डिजिटल प्लेटफर्मबाट रिलिज गर्ने बताएका छन् । उनले फिल्म रिलिजका लागि अहिले ओटीटी प्लेटफर्म उपयुक्त भएको भन्दै यसैमा रिलिज गर्ने बताएका हुन् ।

‘म त मर्छु कि क्या हो’ वैवाहिक जीवनमा आउने उतार–चढावको विषयमा बनेको फिल्म हो । फिल्ममा सीताराम र कुञ्जना टेलिसिरियल ‘मेरी बास्सै’को धुर्मुस–सुन्तलीकै गेटअफमा देखिएका छन् ।

लेखन र निर्देशनसमेत धुर्मुस–सुन्तलीको रहेको फिल्ममा उनीहरुको अलवा बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय समेटिएको छ ।

कोरोनाले विश्वकै चलचित्र घरलाई प्रभावित पारेको छ । नेपालका पनि अहिले सबै चलचित्र घर बन्द छन् । यस्तो अवस्था फिल्म हेर्ने विकल्पको रुपमा विभिन्न डिजिटल प्लेटफर्ममा देखिन थालेका छन् ।

केही दिन अगाडि धुर्मसले फिल्मको ट्रेलरसमेत सार्वजनिक गरेका थिए । उक्त ट्रेलर रिलिज कार्यक्रममा कलाकार कट्टेलले अब फिल्म क्षेत्र चलायमान बनाउन ओटीटी प्लेटफर्मको आवश्यकता रहेको बताए ।

‘अहिलेजस्तो चलचित्र घर बन्द भएको अवस्थामा ओटीटी प्लेटफर्मको महत्व हुन्छ । म पनि मेरो फिल्म ‘म त मर्छु कि क्या हो’ यस्तै प्लेटफर्ममा रिलिज गर्न चाहन्छु’ कट्टेलले भने ।

सोही अवसरमा अभिनेत्री कुञ्जना घिमिरेले वर्तमान अवस्थामा फिल्म उद्योग चलायमान बनाउन ओटीटी प्लेटफर्मको आवश्यकता रहेको बताइन् ।

‘कुनै पनि चिजको सुरुवातमा 'रिक्स' लिनैपर्छ’ उनले भनिन् ‘ फिल्म इन्डस्ट्रीलाई अगाडि लैजान ओटीटी प्लेटफर्म बलियो माध्यम हुन सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप