एनआरएनए यूके निर्वाचन : नेतृत्वका लागि तीनजना मैदानमा
बेलायतमा यतिखेर एनआरएनए यूकेको चुनावी सरगर्मी बढेको छ । यही ३१ जुलाई शनिबार हुने अनलाइन मतदानको तयारी पुरा भइसकेको निर्वाचन समितिले बताएको छ ।
यसपटक नेतृत्व आफ्नो हातमा लिन तीन प्रत्यासी मैदानमा छन् । अध्यक्षका प्रत्यासीहरु एनआरएनए यूके उपाध्यक्षद्वय रोजिना प्रधान राई र प्रेम गाहा मगर एवं इंग्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष दीपक श्रेष्ठ आआफ्ना प्रतिवद्धतासहित मतदातासमक्ष पुगेका छन् ।
बेलायतमा भूतपूर्व गोर्खाहरुको वाहुल्य छ । उनीहरु लामो समयदेखि समान पेन्सनलगायत माग राखेर आन्दोलित छन् । अध्यक्षका तीनै जना प्रत्यासीले आफ्नो घोषणापत्रमा त्यही गोर्खा मुद्दालाई प्राथमिकतामा राखेका छन् ।
ति उम्मेदवारका एजेण्डा प्राय समान लाग्छन् । अघिल्लो कार्यकालमा संघभित्र आर्थिक अनियमितता भएको भन्दै बेलायती अदालतमा मुद्दा समेत दर्ता भएको अवस्थामा संस्थालाई पारदर्शी गराउन आफ्नो नेतृत्व लाग्ने तिनै जनाको दावी छ ।
नेपाली नागरिकताको निरन्तरता, बेलायतमा नेपाल हाउस, यहाँबाट नेपालमा लगानी प्रवर्धन तथा सीप हस्तान्तरण, महिला सशक्तीकरण, संघमा युवा सहभागिता, नेपालको पर्यटन प्रवर्धन जस्ता विषयमा अध्यक्ष प्रत्यासीले मुख्य एजेण्डा बनाएका छन् ।
हुन त विगतका अध्यक्ष प्रत्यासीहरुले पनि एजेण्डा त आकर्षक बनाउने गरेका थिए । यद्यपि ति कहिल्यै कार्यान्वयन भएनन् र अहिलेका प्रत्यासीले पुरानै एजेण्डा पछ्याउनु परेको छ ।
यो पटक एनआरएनए यूकेमा झण्डै साढे ११ हजार पञ्जीकृत सदस्य छन् । बेलायत एनआरएनएको जननी पनि मानिन्छ किनकि यो संघ जन्मनुअघिको गृहकार्य र बैठक बेलायतमै भएको थियो । तुलनात्मक रुपमा एनआरएनए यूके आफैंमा एउटा सशक्त राष्ट्रिय समिति भएकाले विश्वभरका शाखाहरूले यहाँको निर्वाचनलाई चासोका साथ नजिकबाट हेरिरहेका छन् ।
एनआरएनए यूके इतिहासमै यसपटक पहिलोचोटी अनलाइन मतदान हुने तय भएकाले आम मतदातामा अन्यौल र कौतुहलता दुवै पाइएको छ । उम्मेदवारहरू पनि विगत जस्तो मत खस्नेबारे विश्वस्त छैनन् । अध्यक्षका प्रत्यासी आफैंले नै सदस्यता बनाइदिने परिपाटी ओपन सेक्रेट जस्तै छ । तर, अनलाइन सिस्टमले एउटा आइपी एडे्रसबाट ५ जनाभन्दा बढी मत हाल्न नपाइने भएपछि सबैका लागि चुनौतिपूर्ण छ यो पटकको निर्वाचन ।
निर्वाचन समितिले बेलैमा अनलाइन भोटिंगका लागि भेन्डर सम्झौता गर्न नसकेकाले बिहीबारसांझसम्म मत कसरी हाल्ने भन्ने अन्यौल सबैमा व्याप्त देखिन्थ्यो । फेरि सामान्यतया अनलाइन मतदान सकिए लगत्तै नतिजा आइहाल्ने भएपनि यहां निर्वाचनको जिम्मा लिएको बेलायती कम्पनीले मंगलबारमात्रै नतिजा आउने भनेकाले ढिलाइ प्रति कतिपयमा आशंका पनि जन्माएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
-
सरकारले घटायो भन्सार दर, सुन र चाँदीको मूल्य घट्ने
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते
-
चार महिनामा १० अर्बको खाद्यान्न आयात
-
नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने
-
राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन