यूरोप र अमेरिकाबाट बेलायत आउने यात्रुलाई क्वारेन्टिन बस्न नपर्ने

बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध अगस्ट २ पछि लागु हुनेगरी हटाइएको सरकारका एक उच्च अधिकारीले बताए । उनका अनुसार उनीहरूले कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाइसकेको हुनुपर्नेछ । यो नियम आगामी सोमबार अर्थात अगष्ट २ बाट लागू हुने बताइएको छ ।
युरोपियन मुलुकबाट आउनेहरूले दुवै डोज खोप लगाएको प्रमाणस्वरूप ‘इयू डिजिटल कोभिड प्रमाणपत्र’ र अमेरिकाबाट आउनेहरूले ‘सीडीसी’ कार्ड उपलब्ध गराउनुपर्नेछ । तर, यात्रा गर्नु अघि र बेलायत आएको दोस्रो दिनमा भने यात्रुहरुले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्नेछ ।
पछिल्लो समय बेलायत प्रवेश गर्दा फ्रान्सबाहेकका ‘पहेलो सूची’ अन्तर्गतका मुलुकबाट आउने यात्रुहरुले आइसोलेशन बस्नु नपर्ने भएको हो । नयाँ नियमसँगै लामो समयदेखि आफ्ना परिवारबाट टाढिएका व्यक्तिहरुसँग भेट्न पाउने अवसर मिल्ने सरकारले जनाएको छ ।
पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर बढे पनि यसको असर कम भएको भन्दै सरकारले जनजीवन सामान्य बनाउन प्रतिबन्धहरू क्रमशः कम गर्दै जाने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा