शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गाउँपालिका जाने सडक २० दिनपछि खुल्यो

बिहीबार, १४ साउन २०७८, २२ : ५०
बिहीबार, १४ साउन २०७८

तनहुँको ऋषिङ गाउँपालिका जाने मुख्य सडक २० दिनपछि पूर्ण रुपमा सुचारु भएको छ । गत असार २४ गते आएको पहिराले अवरुद्ध भएको श्रृङ्गपथ आजबाट पूर्ण रुपमा सञ्चालनमा आएको हो ।  

पहिरोका कारण उक्त सडकखण्डको ऋषिङ गाउँपालिका–८ अ‍ैरीभिर पूर्ण रुपमा बन्द थियो । पहिरो हटाएर उक्त खण्ड नियमित गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । गाउँपालिका जाने मुख्य सडकखण्ड पहिराले अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो । 

“गाउँपालिकाकै पहलमा आजबाट पहिरो हटाई ठूला सवारी साधनसमेत सञ्चालन भइसकेको छ, ठूलो पहिरो भएका कारण पूर्ण रुपमा सुचारु गराउन समय लाग्यो”, दरैले भने । उक्त खण्ड पहिराले अवरुद्ध हुँदा झापुटार हुँदै सर्वसाधारण गाउँपालिकासम्म जानुपर्ने बाध्यता थियो । 

असारमा आएको पहिराले जिल्लाका अधिकांश ग्रामीण भेगका सडक अवरुद्ध भएका थिए । अधिकांश स्थानमा पहिरो हटाएर बाटो नियमित भएको छ भने अझै पनि केही ठाउँमा पहिरो हटाउन बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप