कर्णालीमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो

कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुन्ः उकालो लागेको छ । बिहीबार प्रदेशमा १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जुन वितेको एक महिनाको तुलनामा एकदमै धेरै हो । २०३ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणका क्रममा ९० जना र १२० जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणका क्रममा ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
केही समयअघि सम्म संक्रमणदर निकै कमी आएपनि पछिल्लो केही सातादेखि पुनः संक्रमणको ग्राफ उकालो लाग्दो छ । प्रदेशमा कोरोना परीक्षणको दायरलाई जति बढायो उतिनै संक्रमित थपिने गरेको पाइन्छ । यद्यपि, कर्णालीमा कोरोना परीक्षणको दायरलाई घटाइएको देखिन्छ ।
एन्टिजेन विधिको परीक्षणलाई तिव्रता दिएपनि आरटी–पीसिआर विधिको परीक्षणको दायरा घटाइएको देखिन्छ । बिहीबार सुर्खेतमा मात्रै ७५ जनामा कोरोना संक्रमण देखिएको छ । जुन बुधबारको प्रदेशभरको तथ्याङ्क भन्दा धेरै हो ।
दोस्रो चरणको कोरोना सुरु भएको पहिलो महिना (वैशाख) मा कोरोनाको हटस्पोट बनेको सुर्खेतमा जेठ तेस्रो सातादेखि ओरालो लागेको थियो । तर, पछिल्लो समय जनस्वास्थ्यका मापदण्डमा लापरबाही गर्दा संक्रमणदर बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । यस्तै बिहीबार जुम्लामा १७, मुगुमा १०, जाजरकोटमा ९, कालिकोटमा ६, सल्यानमा ३, रुकुमपश्चिममा २, हुम्लामा २ र कालिकोटमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
जुन जिल्लामा बढी व्यक्तिमा कोरोना परीक्षण गरियो त्यही जिल्लामा संक्रमण पनि बढ्ने गरेको देखिएको छ । प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या ३० हजार १ २० पुगेको छ । यस्तै बिहीबार ७१ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । कुल संक्रमितमध्ये २८ हजार बढीले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।
केही दिनअघि सम्म संक्रमण भई थपिने भन्दा डिस्चार्ज हुनेको संख्या धेरै हुने गरेको थियो । तर, पछिल्लो समय थपिने क्रममा बृद्धि र डिस्चार्ज हुनेहरुको संख्यामा कमी आएको स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काले जानकारी दिए ।
हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ६८४ रहेको छ । यस्तै बिहीबार प्रदेशमा कारोना भाइरसको संक्रमणका कारण रुकुम पश्चिममा एक जनाको ज्यान भएको छ । योसँगै कोरोनाबाट कर्णालीमा ज्यान गुमाउनेको संख्या ३५१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ
-
सूचना लुकाएको भन्दै काभ्रे बहुमुखी क्याम्पससँग राष्ट्रिय सूचना आयोगद्वारा लिखित जवाफ माग
-
डिजिटल प्रविधिको प्रयोग र विस्तारमा सम्भावनाहरूको खोजी गरिरहेका छौँ : मुख्यमन्त्री कँडेल