विद्यार्थी नेतालाई आक्रमण गर्नेलाई कारबाही गर्न नेविसङ्घको माग
बिहीबार, १४ साउन २०७८, १९ : २२
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले पब्लिक युथ क्याम्पसका विद्यार्थी नेता बलराम उप्रेतीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ती जारी गरी व्यक्तिगत स्वार्थ र आवेगका कारण विद्यालयको वातावरणलाई खलल पुर्याउने गरी विद्यार्थी नेता उप्रेतीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् ।
“विद्यार्थी सङ्गठनको भूमिका समग्र विद्यार्थीको हक अधिकार स्थापना गर्दै क्याम्पसभित्र सौहार्दपूर्ण र शान्तिपूर्ण वातावरण निर्माण गर्ने भए पनि क्याम्पसभित्र नै विद्यार्थीहरु असुरक्षित हुनु दुःखद कुरा हो”,अध्यक्ष ढुङ्गाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । घाइते उप्रेतीको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । नेविसङ्घले घाइते उप्रेतीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजयनाथ भट्टराईले गभर्नर छनोट सिफारिस समिति सदस्यबाट दिए राजीनामा
-
शंखरापुर हत्या प्रकरण : आरोपी र मृतक ३ महिनादेखि सँगै बस्थे, मदिराले मातेर हत्या
-
छतमा सोलार राख्न ग्लोबल आइएमई बैंकले कर्जा दिने
-
बेगनासतालमा सशस्त्र प्रहरीले गर्यो कृत्रिम डुङ्गा दुर्घटना अभ्यास
-
आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु
-
दिनहुँको आन्दोलनले बैंक किस्ता तिर्न समस्या भयो : यातायात व्यवसायी