बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबार विप्लवले प्रशिक्षण दिने

बिहीबार, १४ साउन २०७८, १८ : ५४
बिहीबार, १४ साउन २०७८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रवासमा रहेका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएका छन् । महासचिव विप्लवले शुक्रबार दिउँसो २ बजेदेखि जुममार्फत नेता, कार्यकर्ताहरूलाई प्रशिक्षण दिने भएका हुन् । नेपाली जनप्रगतिशील मोर्चा कतार र नेपाली जनप्रगतिशील बहराइनको आयोजनामा हुन लागेको सो कार्यक्रममा महासचिव चन्दले कपिलवस्तु शिवगढीबाट प्रशिक्षण दिनेछन् ।

‘व्यपारिक भेदभावयुक्त शहरिया व्यवस्थापनको अन्त्य गरौं, गाउँबस्तीहरुलाई आफ्नै शैलीमा विकसित गरौं’ भन्ने नारा दिइएको सो कार्यक्रममा अस्पताल र कार्यालय व्यवस्थापनको लागि सहयोग हस्तान्तरण समेत हुने जनाइएको छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप