बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

'काँग्रेसको ९६ प्रतिशत क्रियाशील सदस्यता टुंगियो'

बिहीबार, १४ साउन २०७८, १७ : ३१
बिहीबार, १४ साउन २०७८

 नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानविन समितिले विवाद भएका केही स्थानमा पुन: सहमति जुटाएर पुरक प्रतिवेदन बुझाएको छ । झण्डै सय वडामा विवाद रहेर नटुंगिएको सदस्यताबारे समितिले पाएको २४ घण्टे म्यादमा १० वटा वडामा सहमति जुटाएको नेता प्रदीप पौडेलले जानकारी दिए ।

समितिका सदस्य पौडेलले अव ९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगिएको दावी समेत गरे ।

समितिले काँग्रेस सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा जारी पदाधिकारी बैठकमा पुरक प्रतिवेदन बुझाएको हो ।

सोही प्रतिवेदनमाथि पदाधिकारी बैठकमा छलफल भइरहेको छ । समिति सदस्य पौडेलले क्रियाशिल सदस्यता धेरै मिलेकाले अव समयमै पार्टीको १४ औं महाधिवेशन हुने बताए । उनले सर्लाही र सिन्धुपाल्चोक लगायत चारवटा जिल्लाका केही स्थानमा सहमति हुन नसकेकाले ति स्थानको क्रियाशिल सदस्यता नेतृत्वले नै टुंग्याउने गरी जिम्मा दिएको पनि पौडेलले बताए ।

‘९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगिएको छ । यस पटक १३ औं  महाधिवेशनको भन्दा अहिले सदस्यता बढि भएको छ । त्यसैले अव अधिवेशनहरु सकेर महाधिवेशन गर्नुपर्छ रोकिँदैन’, पौडेलको भनाई छ ।  नेता पौडेलले जारी पदाधिकारी बैठकले आजै प्रभावित भएको अधिवेशनको नयाँ कार्यतालिका प्रकाशित गर्न छलफल भइरहेको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप