'काँग्रेसको ९६ प्रतिशत क्रियाशील सदस्यता टुंगियो'
नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानविन समितिले विवाद भएका केही स्थानमा पुन: सहमति जुटाएर पुरक प्रतिवेदन बुझाएको छ । झण्डै सय वडामा विवाद रहेर नटुंगिएको सदस्यताबारे समितिले पाएको २४ घण्टे म्यादमा १० वटा वडामा सहमति जुटाएको नेता प्रदीप पौडेलले जानकारी दिए ।
समितिका सदस्य पौडेलले अव ९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगिएको दावी समेत गरे ।
समितिले काँग्रेस सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा जारी पदाधिकारी बैठकमा पुरक प्रतिवेदन बुझाएको हो ।
सोही प्रतिवेदनमाथि पदाधिकारी बैठकमा छलफल भइरहेको छ । समिति सदस्य पौडेलले क्रियाशिल सदस्यता धेरै मिलेकाले अव समयमै पार्टीको १४ औं महाधिवेशन हुने बताए । उनले सर्लाही र सिन्धुपाल्चोक लगायत चारवटा जिल्लाका केही स्थानमा सहमति हुन नसकेकाले ति स्थानको क्रियाशिल सदस्यता नेतृत्वले नै टुंग्याउने गरी जिम्मा दिएको पनि पौडेलले बताए ।
‘९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगिएको छ । यस पटक १३ औं महाधिवेशनको भन्दा अहिले सदस्यता बढि भएको छ । त्यसैले अव अधिवेशनहरु सकेर महाधिवेशन गर्नुपर्छ रोकिँदैन’, पौडेलको भनाई छ । नेता पौडेलले जारी पदाधिकारी बैठकले आजै प्रभावित भएको अधिवेशनको नयाँ कार्यतालिका प्रकाशित गर्न छलफल भइरहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण