७ लाख नगदसहित जुवाखालबाट ११ जना पक्राउ
प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा नगदसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई बनेपा नगरपालिका–१४ खालचौरस्थित थोप्चेन तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ लाख १५ हजार ३५ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी तथा सूचना अधिकारी हरि खतिवडाका अनुसार जुवाखालबाट पक्राउ पर्नेहरुमा बनेपा–१० का २८ वर्षीय कृष्ण केसी, बनेपा–११ पाकुटोल बस्ने ४४ वर्षीय सुमन अधिकारी, बनेपा–१४ साँगा बस्ने ४० वर्षीय गणेश थापा, बनेपा–७ घर भई धनेश्वर बस्ने ४२ वर्षीय अनिल मुस्याजु र बनेपा–६ बस्ने २६ वर्षीय किशोर अधिकारी छन् ।
त्यस्तै, रोशी गाउँपालिका १ घर भई बनेपा ७ बस्ने ३७ वर्षीय चन्द्र लामा स्याङ्ताङ, रोशी–३ शिखरआम्बोटेका ३५ वर्षीय पाराङ लामा भन्ने खड्ग सिं लामा, रोशी–३ को शिखर आम्बोटे बस्ने ३४ वर्षीय हीरा लामा, रोशी–३ घर भई बनेपा बस्ने ३५ वर्षीय थर्कमान लामा, धुलिखेल–१० सारदाबतासे बस्ने ३४ वर्षीय छिरिङ लामा र भक्तपुर सूर्यविनायक नगरपालिका–९ बस्ने ३४ वर्षीय दीपक बस्नेत छन्। पक्राउ परेका सबैलाई ७ दिनको म्याद लिई अनुसन्धान शुरु गरिएको छ ।
स्थानीयको दिएको विशेष सूचनाका आधारमा ठूलो संख्यामा जुवा खेलिरहेको समूहलाई खालबाटै पक्राउ गर्न सफल भएको डिएसपी खतिवडाले बताए । तामाङको घरको अण्डरग्राउण्ड कोठामा जुवा खेलिरहेको विशेष सूचनाका आधारमा डिएसपी खतिवडा नेतृत्वको टोली उक्त स्थानमा पुगी तास खेलिरहेका हरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको डिएसपी खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहान कफी पिउनुस्, घट्न सक्छ मृत्युको जोखिम
-
आगलागीमा परी एकको मृत्यु
-
च्याम्पियन्स ट्रफी क्रिकेटअघि बङ्गलादेशलाई शकिबको ‘बलिङ एक्सन’ को चिन्ता
-
दुई दलीय तानाशाही चाहिएको छैन, सङ्घर्षका लागि तयार छौँ : सीके राउत
-
तोलामा ८०० रुपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
रविसहित सातै जनालाई अदालत लगियो, आजै फैसला आउने सम्भावना, सुरक्षा व्यवस्था कडा