शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम १० अर्बमा झर्यो

बिहीबार, १४ साउन २०७८, १५ : ५६
बिहीबार, १४ साउन २०७८

साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १५.११ अंकले घटेर ३ हजार ७९.८३ विन्दुमा झरेको हो । 
जबकी गत बुधबार नेप्से १५.३० अंकले बढेर हालसम्मकै उच्च ३ हजार ९४.९४ विन्दुमा पुगेको थियो । तर बिहीबार नेप्सेमा पुनः गिरावट आएको छ । 
नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ३.४७ अंकले घटेर ५७०.८५ विन्दुमा झरेको छ । 

यस दिन होटल तथा पर्यटन र विकास बैंक बाहेका सबै जसो समूहहरु ऋणात्मक हुँदा कारोबार रकम १० अर्बमा झरेको छ । 

नेप्सेका अनुसार आज कुल २१७ कम्पनीका २ करोड ६० लाख कित्ता माथिको सेयर एक लाख पटक भन्दा बढि बजारमा किनबेच हुँदा १० अर्ब ९० करोड ५८ लाख बराबरको कारोबार भएको छ । गत बुधबार यस्तो कारोबार १३ अर्ब २९ कारोड १९ लाख बराबरको भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप