शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने पक्राउ

बिहीबार, १४ साउन २०७८, १५ : ५४
बिहीबार, १४ साउन २०७८

बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने तीन जनालाई रोल्पा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पा नगरपालिका–४ लिवाङकी २६ वर्षीय महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने सुनिल स्मृति गाउँपालिका–६ गजुलका कथित धामी राहुल सुनार, रोल्पा नगरपालिका–४ बाइगाउँकी जुनकुमारी सेन र सीता सेनलाई पक्राउ गरिएको हो ।

घटना साउन ६ गते भए पनि ढिलोगरी खबर आएको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनैजनालाई अदालतमा उपस्थित गराई म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले रातोपाटीलाई बताए ।

कुटपिट गर्ने व्यक्ति रोल्पा नगरपालिकामै बसेर धामी झाँक्रीको काम गर्दै आएको बताइन्छ । उनीहरुले बोक्सीको आरोप लगाउँदै ती महिलालाई कोठामै गएर कुटपिट गरेका थिए । कुटपिटबाट महिलाको अनुहारमा चोट लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप