शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमाओवादी नेताको रिट हेर्न नभ्याइने सूचीमा

बिहीबार, १४ साउन २०७८, १५ : ३९
बिहीबार, १४ साउन २०७८

सांसद पद कायम गराई कामकाज गराई पाउँ भन्दै दायर गरिएको पूर्व माओवादी नेताहरुको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट आज हेर्न नभ्याइने सूचीमा परेको हो ।
नेकपा एमालेमा प्रवेश गरेको भन्दै पार्टी सदस्यबाट बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी माओवादी केन्द्रले कारवाही गरेपछि टोप बहादुर रायमाझी लगायतका पूर्व माओवादी नेताहरु बुधबार सर्वोच्च अदालत पुगेका थिए । 

आफूहरु नेकपा एमाले प्रवेश नगरेको र हालसम्म पनि माओवादी केन्द्रकै नेता रहेको भन्दै सांसद पद कायम राख्न माग गर्दै उनीहरु सर्वोच्च पुगेका थिए । 
बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी सूचीमा चढेपनि लागूऔषधको मुद्दाको सुनुवाइका कारण रायमाझी लगायतले दायर गरेको रिटमाथि समय अभावका कारण हेर्न नभ्याइने सूचीमा परेको हो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप