बुटवलमा बजार अनुगमन, सडेको माछामासु भेटियो
बुटवल बजार अनुगमनका क्रममा अस्वस्थकर माछामासु भेटिएको छ । मासु पसल मापदण्ड विपरीत सञ्चालन गरिएको र अस्वस्थकर माछामासु बिक्रीका लागि राखेको पाइएपछि नष्ट गरिएको बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।
उपप्रमुख आचार्यको नेतृत्वमा पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, उद्योगी, व्यावसायिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सम्मिलित अनुगमन समितिले मासु पसलको अनुगमन गरेको हो ।
उपप्रमुख आचार्यका अनुसार अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका माछामासु तथा मासुजन्य पदार्थ राखिएको, पसलमा सफासुग्घर नगरिएको, माछा, मासु र तिनको रगतजन्य पदार्थलाई एकै ठाउँमा पोको पारेर राखेको अवस्थामा फेला परेको छ ।
उपमहानगरका पशुपन्छी विकास शाखा प्रमुख एवं पशु चिकित्सक झविन्द्र बञ्जाडेले बुटवल–६ स्थित बाबा फ्रेस हाउस, सोही वडाको ताहिर मासु पसल, बुटवलकै नेपालगञ्ज रोडस्थित सद्दाम मासु पसल र कुरैसी मासु पसलमा अनुगमनका क्रममा सडेगलेका माछामासु पाइएको हो ।
बुटवलको सब्जीमण्डीस्थित सटरमा टोलछिमेक मै दुर्गन्ध फैलाउनेगरी मासु पसलहरु सञ्चालन भएको पाइएको छ । तिनलाई सुधार गर्न तथा स्थानान्तरण गर्न सुझाव दिइएको अनुगमन समितिका सदस्य तथा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा