६५ किलो लागुऔषध गाँजासहित २ जना पक्राउ
मकवानपुरको नेवारपानीबाट ६५ किलो लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीबाट बुधबार राती करिव १२ः४० बजेको समयमा सो परिमाणको गाँजासहित चितवन भरतपुर महानगपालिका वडा नम्बर–२० चनौली बस्ने वर्ष ३८ को रोशन परियार र मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–६ बस्ने वर्ष ४३ को ललित तामाङलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नेवारपानी स्थित सडक खण्डमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडीबाट सो परिमाणको लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
उक्त स्कपियोलाई रोकि चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ६५ किलो फेला परेको चालक परियार र स्कार्पियोमा सवार तामाङलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक रिमालले बताए ।
उक्त लागुऔषध गाँजा, स्कार्पियो र पक्राउ परेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका कार्य अघि बढाइएको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर