शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयको तीन दिनको अल्टिमेटम

बिहीबार, १४ साउन २०७८, १४ : १४
बिहीबार, १४ साउन २०७८

सेयर बजार अवाञ्छित सेयर किनबेचको हल्लाका बीच अर्थमन्त्रालयले धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ । धितोपत्र बजारमा कुनै कम्पनीको सेयर अवाञ्छित किनबेचको मुद्दामा नियामक निकाय धितोपत्र बोर्डकै अध्यक्षको संलग्नताको समाचारहरु आएपछि अर्थ मन्त्रालयले सेबोनमाथि स्पष्टीकरण सोधेको हो । 

बिहीबर एक सूचना प्रकाशित गर्दै अर्थ मन्त्रालयले वास्तविकता के हो ? स्पष्टीकरणसहित तीन दिनभित्र मन्त्रालयमा पत्र पठाउन बोर्डलाई अल्टिमेटम दिएको छ ।  पछिल्लो समय बजारमा निकै चर्चामा रहेको बुक बिल्डिङ प्रणालीबाट साधारण शेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको नाम समेत जोडिए आएपछि बजारमा हल्लीखल्ली मच्चिएको छ । सर्वोत्तम सिमेन्ट र अध्यक्ष ढुंगानाबीचको सम्बन्ध, समाचार र वास्तविकता के हो ? सो बारे बताउन मन्त्रालयले सेबोनलाई स्पष्टीकरण सोधेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप