जसपा कार्यकारिणी समितिको बैठक सुरु
बिहीबार, १४ साउन २०७८, ०९ : ००
जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको तेस्रो दिनको बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो सुरु भएको छ । बिहीबार ११ बजे बस्ने भनिएको बैठक १ बजे सुरु भएको हो । पार्टीका शीर्ष नेताहरु नआएका कारण बैठकमा ढिलाई भएको थियो ।
उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा सरकारमा मन्त्री पठाउने विषय, कार्यकारिणी समितिको पूर्णता, संगठन विस्तार तथा समायोजन लगायतको विषयमा छलफल हुने बताइएको छ । बुधबार बसेको बैठकले सरकारमा मन्त्री पठाउनेबारे निर्णय गर्ने जिम्मेवारी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा