शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हिमाली देशहरूको छुट्टै संगठन बनाऔं : माधव नेपाल

बिहीबार, १४ साउन २०७८, १२ : ५१
बिहीबार, १४ साउन २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वातावरण संरक्षणका लागि हिमाली देशहरूको छुट्टै संगठन बनाउन आवश्यक रहेको बताएका छन् । विश्व बाघ दिवसको अवसरमा ललितपुरको खुमलटारमा राष्ट्रिय बाघ संरक्षण समितिले गरेको कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तन र वातावरण संरक्षणका क्षेत्रमा यस्तो संगठन आवश्यक रहेको कुरा आफूले पहिलेदेखि उठाउँदै आएको बताए । 

आफ्नो प्रधानमन्त्री कालदेखि थालिएको बाघ संरक्षण सफल भएकोमा नेता नेपालले खुसी ब्यक्त गरे । उनले सन् २००९ मा जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा छेउ कालापत्थरमा बैठक राखेर विश्वको ध्यानाकर्षण गरेको बताए । 

उनले सन् २०१२ मा रसियामा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलन महत्त्वपूर्ण रहेको बताए । सो सम्मेलनमा बाघ संरक्षणका लागि आफूले राखेको  बिचार स्मरण गराउँदै उनले बाघ संरक्षणका लागि वातावरण संरक्षण गर्न विश्व समुदाय एकजुट हुनुपर्नेमा जोड दिए । उनले बाघ संरक्षणका लागि जे जे गर्न सकिन्छ त्यसका लागि लागि पर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप