आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

शीर्ष नेताहरु नआउँदा जसपाको बैठकमा ढिलाइ

बिहीबार, १४ साउन २०७८, १२ : ४२
बिहीबार, १४ साउन २०७८

 जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको तेस्रो दिनको बैठक सुरु हुन ढिलाइ भएको छ । 
तुलसी लाल अमात्य स्मृति भवनमा बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक साढे १२ बजेसम्म सुरु हुन नसकेको हो  । पार्टीका शीर्ष नेताहरु नआएको करण बैठकमा ढिलाई भएको बताइएको छ ।
आज बस्ने बैठकमा सरकारमा मन्त्री पठाउने विषय, कार्यकारिणी समितिको पूर्णता, संगठन विस्तार तथा समायोजनलगायतको विषयमा छलफल हुने बताइएको छ  ।

जसपाको आधिकारिकता पाएपछि सुरु भएको बैठकले संसदीय दलको विधान पारित गर्नुको साथै, संसदीय दलको नेता चयन गर्नका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको छ । 
त्यस्तै, पार्टीबाट कुन मापदण्डमा मन्त्री पठाउने भन्ने बारेमा निष्कर्ष निकाल्न तीन सदस्यीय एक समिति पनि बनाइएको छ । केन्द्रीय कार्य समितिको अध्यावधिकका लागि पाँच सदस्यीय एउटा अर्को समिति पनि बनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप