शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जित्लान् त भरतमणिले कमेडी च्याम्पियन-२ ?

बिहीबार, १४ साउन २०७८, १२ : ३८
बिहीबार, १४ साउन २०७८

‘कमेडी च्याम्पियन २’ का प्रतिस्पर्धी हुन् भरतमणि पौडेल । ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी भएका पौडेल बिभिन्न चरण हुँदै उत्कृष्ट ६ मा पुग्न सफल भएका छन् । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति राख्दै दर्शक तथा निर्णायकका प्रिय बन्न सफल उनी उपाधिका दावेदार मध्येका पनि मानिएका छन् ।

प्रतियोगितामा अहिले भोटिङ राउन्ड समेत सुरु भएको छ । त्यसैले पनि नेकपा एमालेका युवा नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले समेत उनलाई भोटका सर्वसाधारणसँग अपिल गरेका छन् । भरतमणिलाई च्याम्पियन बनाउन योगेशले सम्पूर्ण नेपालीसँग सामाजिक सञ्जालमार्फत भोटको अपिल गरेका हुन् ।

योगेशले सामाजिक सञ्जालमा भोटको अपिल गर्दै लखटेको थिए ‘अहिले चर्चामा रहेको कमेडी रियालिटी शो कमेडी च्याम्पियन २ का प्रतिस्पर्धीहरु सबै अब्बल छन् । त्यसमध्ये पनि भरतमणि पौडेल मलाई हास्यव्यङ्ग्य क्षेत्रको उदाउँदो मणि जस्तो लाग्छ । कञ्चनजङ्घाको फेदमा, तमोर नदीको चिसो पानी खाँदै, पाथिभरा माताको छत्र छायाँमा हाम्रै गाउँ घरमा हुर्केका यी ताप्लेजुङे ठिटो हाम्रो त प्रिय छँदैछन्, त्योभन्दा पनि बढी प्रतिभाशाली छन् । कमेडी च्याम्पियनको ताज प्राप्त गर्ने यिनको दौडमा भोटमार्फत होस्टेमा हैंसे गर्दा सबै नेपालीले पनि आनन्दको अनुभूति गर्नुहुनेछ ।’

केही अगाडि पनि योगेशको पहलमा भरतमणिका लागि ६ लाख पुरस्कार समेत घोषणा गरिएको थियो । जसमा १ लाख रुपैयाँ योगेश आफैंले पनि दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप