बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आवश्यकता र प्रथामिकताको आधारमा विकास : प्रदेश अर्थमन्त्री बराल

बिहीबार, १४ साउन २०७८, १२ : ३१
बिहीबार, १४ साउन २०७८

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले जनताको आवश्यकता र प्रथामिकताको आधारमा चुनावमा आफूले जनता सामु गरेका वाचा पूरा गर्न पहल गर्ने बताएका छन् । बिहीबार पोखराको हेम्जामा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री बरालले जनताको आवस्यकता र प्रथामिकताको आधारमा काम गर्ने बताएका हुन् । 

अर्थमन्त्री बरालले अधिकाँश जनता बाम गठबन्धन र एकताको पक्षमा भएपनि केही केन्द्रीय नेताहरुका कारण पार्टी विभाजन भएकाले पुनः नेतृत्वले जनताको चाहना अनुसार पार्टी एकता कायम गर्न पहल गर्नु पर्ने बताए । उनले हेम्जावासी जनताको पुनः पार्टी एकता होस् भन्ने पक्षमा देखिएको बताउँदै आफूपनि पार्टी एकताको पक्षमा रहेको बताए । ‘तपाईहरु विगतदेखि वर्तमानसम्म जुन पार्टी एकता कायम होस् भन्ने चाहना राख्दै आउनु भएको छ, म पनि तपाईको यो विचार संग सहमत छु,’उनले भने,‘हेमजावासीहरुको कम्यूनिष्ट पार्टीबीच एक हुनु पर्छ भन्ने मान्यताले मलाइ पनि बाम एकताको पक्षमा उभ्याएको छ,यसका लागि मैले निरन्तर पहल गर्ने छु।’

मन्त्री बरालले राजनीतिक हिसावले केही दरार आए पनि हेम्जाबासी जनताको कम्युनिष्टबीच एकता  काय हुनु पर्छ भन्ने मान्यतालाई सधै आपूmले आत्मसात गर्ने बताए । 

पोखरा महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष शोभाकर तिमिल्सिनाले नेपालका कम्युनिष्टहरू एक हुनुको विकल्प नरहेको बताए । उनले पोखरा महानगरको नेतृत्वले आफ्नो वडालाई न्यूनतम बजेट विनियोजन गरेर उपेक्षा गरेको आरोप लगाउदै वडाको विकासका लागि प्रदेश सरकारबाट आवस्यक बजेटको ब्यवस्था मिलाइदिन आग्रह गरे ।

नेपाल कम्यूनिष्ट पार्टी पोखरा २५ हेमजा कमिटीको संयोजनमा भएको बधाई ज्ञापन कार्यक्रममा स्थानिय आमा समुह, युवा क्लव तथा विभिन्न संघ संस्था र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप