मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

नेम्वाङ र पौडेलले १० बुँदबारे नेपालसँग छलफल गर्ने

बिहीबार, १४ साउन २०७८, १२ : २७
बिहीबार, १४ साउन २०७८

 एमाले विवादमा सहमति जुटाउने प्रयासस्वरुप वरिष्ठ नेता माधवकुमार नेपालसँग अध्यक्ष ओली पक्षीय नेता सुवास नेम्वाङ र विष्णु पौडेलले भेटवार्ता गर्ने भएका छन् । भेटवार्तामा नेम्वाङ र पौडेलले यसअघि गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे एकता प्रस्तावका बारेमा नेता नेपालसँग छलफल गर्ने बुझिएको छ ।

नेता नेपालले कार्यदलको प्रस्ताव एमाले एकताका लागि पुर्ण नभएकाले त्यसलाई संशोधन गर्नुपर्ने बताउँदै आएका छन् । सोही अनुसार नेता नेपालले अध्यक्ष ओली पक्षबाट कार्यदलमा समेत रहेका नेताद्वयसँग छलफल गर्न लागेका हुन् ।

‘आज दिउँसो भेट्ने कुरा भएको छ । उहाँ (नेता नेपाल) ले दिउँसो समय मिलाएर खवर गर्छु भन्नुभएको छ’, नेता नेम्वाङले भने, ‘हामी सहमतिका लागि अधिकतम प्रयास गरिरहेका छौ ।’

यसबीचमा ओली पक्षले नेता नेपाललाई दोस्रो अध्यक्ष बनाएर जान सकिने बताएपछि नेपालले आफुलाई दोस्रो अध्यक्ष नचाहिने बरु सम्मानजनक एकताको सुनिश्चित ओलीबाट हुनुपर्ने अडान राखेका छन् । त्यसका लागि नेपालले खासगरी तीनवटा विकल्प अघि सारेको बताइएको छ । कार्यदलको प्रस्ताव सार्वजनिक भएसँगै ओली र नेपालबीच आरोप प्रत्यारोप जारी छ । अध्यक्ष ओलीले  माधव नेपाल पक्षलाई पार्टीमा फर्किए ‘आममाफी’ दिनसक्ने बताएका थिए भने जवाफमा नेपालले ओलीलाई ‘श्री ५ महाराजधिराज’को संज्ञा दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप