शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिहीबार सुन र चाँदीको मूल्य बढ्यो

बिहीबार, १४ साउन २०७८, ११ : ३२
बिहीबार, १४ साउन २०७८

बिहीबार नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको छ । 

गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र चाँदी एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत गत बुधबारको मूल्यमा थप ३०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप