राष्ट्रिय योजना आयोगका उपाध्यक्षले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले पथ तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले डा पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथ ग्रहण समारोहमा नेपाल सरकारका मन्त्री, सचिवलगायतको सहभागिता रहेको थियो ।
साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डा पौडेललाई योजना आयोगमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
पौडेल युवा अर्थविद्का रुपमा चर्चित छन् । यसअघि केपी ओली सरकारका पालामा नियुक्त भएका डा पुष्प कँडेलले राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले पौडेललाई ल्याएको हो ।
यसैबीच योजना आयोगका नवनियुक्त उपाध्यक्ष पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गरेर योजना बनाउने बताएका छन् ।
बिहीवार बिहान सिंहदरबारमा पदबहाली गर्दै उपाध्यक्ष पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गर्ने बताए । उनले अब नियमित कामका साथै समग्र योजना तर्जुमाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई पृष्ठपोषण दिने गरी काम गर्ने बताए । योजना आयोगसँग प्रत्यक्ष र नियमित रुपमा जोडिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको उपाध्यक्ष पौडेलले बताए ।
उपाध्यक्ष पौडेलले भने, “कोभिड र फ्ल्डको इम्प्याक्टको बारेमा हामीले हेर्नुपर्नेछ,त्यसपछि रेगुलर काम, ओभरल प्लानिङको गुणस्तर बढाउने र अर्थलगायत अरु मन्त्रालयहरूलाई छुट ब्याक दिने काम र हामीलाई चाहिने अरु निकायहरूलाई बलियो बनाउने हाम्रो लक्ष्य छ, सरहरु र कर्मचारीबाट यही अपेक्षा छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति अनुसार शिक्षा ऐन नआए राहत शिक्षकहरूले ‘गर या मर’ को आन्दोलन गर्ने
-
अस्ट्रेलियन भूमिमा खेलिएको टेस्टमा तेहरो शतक बनाउने पहिलो ब्याट्सम्यानको निधन
-
‘ऊनको स्वीटर’ को ओपनिङ कस्तो ?
-
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित
-
राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : प्रधानमन्त्री ओली
-
नीति तथा कार्यक्रमबारे ओली : निशानामा तीन पक्ष, नयाँ कार्यक्रमबारे प्रस्ट्याउने प्रयास