शिव शंकरले ल्याए गाईजात्रे झटारो ‘ओम बकम्फुसाय नम’

person explore access_timeसाउन १४, २०७८ chat_bubble_outline0

काठमाडाैं । ‘गाईजात्रा’ हास्य र ब्याङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दैछन् । आगामी भदौ ७ गते परेको गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले यो बर्षको लागि आफ्नो गाईजात्रे कमेडी कोसेली ‘ओम बकम्फुसाय नम’ ल्याएका छन् ।

देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसंगती प्रति तिखो प्रहार गर्दै उनले ‘ओम बकम्फुसाय नम’ ल्याएका हुन् । रिजालको यो पटकको गाईजात्रे कोसेलीमा पनि एक प्यारोडी गीत सहित र प्रहसन समेत समेटिएको छ । प्रहसनको केन्द्र भने तीन बर्ष बढी सरकारमा बसेर बाहिरिएको ओली सरकारको क्रियाकलाप बनेका छन् ।

प्रहसन तथा प्यारोडीको भिडियो पनि बनेको छ । जुन ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत बुधबार साँझ सार्वजनिक गरिएको छ । दुई दशकदेखि गाईजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘ओम बकम्फुसाय नम’ २० औं कोसेली हो । गतवर्ष उनले ‘लकडाउन’ नामक गाईजात्रे कोसेली ल्याएका थिए ।

हास्य कलाकारका लागि गाईजात्रा एउटा महान उत्सव भएकोले लामो समयदेखि यो बर्षमा गाईजात्रे कोसेली ल्याउने गरेको रिजालले बताए ।

‘गत बर्ष मेरो ‘लकडाउन’ नामक गाईजात्रे कोसेली आएको थियो । यो धेरैले हेरे, टिकटक लगायत सामाजिक संजालमा समेत भाइरल भयो’ रिजालले भने ‘म हरेक बर्ष आफ्नो पर्सनल गाईजात्रे कोसेली ल्याउने गरेको छु ।’ अन्य कलाकारसँग मिलेर आउने गाईजात्रे कोसेली पनि आउँने गरेको र यो बर्ष पनि आउने रिजालले सुनाए । रिजालले ‘हुकुम बक्सियोस’ गीतलाई यसमा प्यारोडी मार्फत नेताहरुको रमाईलो प्रस्तुति समेटेका छन् ।

गाईजात्रे प्रस्तुतिको भिडियोमा रिजालको अलवा अलवा दमन रुपाखेती, शशी बिक्रम थापा, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमल्सिना ‘नक्कली ओली’, सबु लामिछाने, बेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धिरेन्द्र सिंह लगायतको अभिनय रहेको छ । गायिका राधिका हमाल भिडियोमा राष्ट्रपतिको भुमिकामा देखिएकी छन् । भिडियो समेत रमाइलो बनेको छ ।
विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्य-व्यङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु आफ्नो धर्म नै मान्दछन् । अहिले आएको आफ्नो गाईजात्रे कोसेली समसामाहिक बिषय र राजनीतिक विकृति प्रतिको खरो झटारो भएको रिजालको भनाई रहेको छ ।

प्यारोडी गीतमा रजाल तथा शंकर कार्कीको शब्द रहेको छ भने स्वर शशी बिक्रम थापा तथा राधिका हमालले दिएका छन् । रिजाल कलाकारिताको हरेक विधामा फिट देखिँदै आएका कलाकार हुन् । बितेका बर्ष झै यो बर्षको आफ्नो गाईजात्रे कोसेली दर्शक श्रोताले रुचाउने उनको बिश्वास रहेको छ ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।