काँग्रेस पदाधिकारी बैठक बस्दै
नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठक बस्दै छ । १४ औं महाधिवेशनबारे आवश्यक निर्णय लिन विहीबार दिउँसो २ बजेपछि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठक बस्न लागेको हो ।
भदौ १६-१९ का लागि तय गरिएको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि त्यसको संशोधनका लागि काँग्रेसमा छलफल चलिरहेको छ । साउन ८ गतेयता जारी पदाधिकारी बैठकमा महाधिवेशन सम्पन्न गर्ने तरिका र विकल्पबारे छलफल भइरहेको छ ।
क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई दृष्टिगत गरी नयाँ कार्यतालिका ल्याइने सहमहामन्त्री प्रकाशशरण महतले बताए । तर उनले निर्धारित मितिमै महाधिवेशन गर्ने गरी निर्णयमा पुग्ने बताए ।
निर्वाचन समितिले निर्धारित मितिमा महाधिवेशन गराउन नसकिने बताएपनि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल मान्न तयार छैनन् । उनीहरु दुबै जनाले निर्धारित मितिमै महाधिवेशन हुने पर्ने गरिने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने