शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

कोरोनाको तेस्रो लहरको जोखिम उच्च : कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोप दिलाउन सुझाव

बिहीबार, १४ साउन २०७८, ०७ : ०१
बिहीबार, १४ साउन २०७८

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षामा सहभागी सबै विद्यार्थीलाई परीक्षा अगावै कोभिड–१९ को खोप दिलाउन सरकारलाई सुझाव दिएको छ । कोरोना संक्रमण तेस्रो लहर आउन सक्ने आशंकासँगै कक्षा १२ को परीक्षा हुनै लाग्दा परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन समितिले सरकारलाई सुझाव दिएको हो ।

समितिले बुधबार आयोजना गरेको बैठकको निर्णय सुनाउँदै सभापति ओनसरी घर्तीले स्वास्थ्य मापदण्ड पालना गरी परीक्षामा सहभागी सबै विद्यार्थीलाई खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको हो । समितिले सबै परीक्षार्थीलाई पीसीआर टेस्ट गर्न समेत आग्रह गरेको छ ।

परीक्षा यही साउन ३१ देखि भदौ ९ सम्म हुँदै छ, जसमा ३ लाख ७४ हजार विद्यार्थीले परीक्षा दिँदै छन् ।

बैठकमा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षक र विद्यार्थीलाई कोरोना खोप नदिएसम्म भौतिक उपस्थित सुरक्षित हुन नसक्ने बताउँदै तत्काल खोपको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे । उनले परीक्षामा स्थानीय तहलाई जिम्मेवार बन्न आग्रह गर्दै स्थानीय निकायकै संयोजनमा परीक्षा गर्नुपर्ने धारणा अघि सारे ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप