शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

नेपाललाई सरकारमा सहभागी हुन दबाब

बिहीबार, १४ साउन २०७८, ०६ : ४७
बिहीबार, १४ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले माधव नेपाल समूहलाई सरकारमा आउन पटक–पटक आग्रह गरे पनि निर्णय लिन नसकेका बेला नेपाल समूहका सांसदहरूले नेता नेपाललाई सरकारमा सहभागी हुन दबाब दिएका छन् ।

बुधबार बसेको नेपाल समूहका २२ सांसदको बैठकमा उनीहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका थिए ।

छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदले सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाव दिएको बताए । उनले भने– ‘हामी सरकारमा जान्छौं, केही कानुनी कुरामा केही समय लागेको मात्र हो, सरकारमा सहभागी हुने विषयमा कानुनविद्सँग पनि परामर्श भइरहेको छ ।’ संविधान र संसद् बचाउनका लागि देउवालाई प्रधानमन्त्री बनाइसकेका अवस्थामा आफूहरू सरकारमा सहभागी नहुने भन्ने प्रश्न नै नभएको उल्लेख गर्दै चौधरीले भने– ‘हामी सरकारमा जान्छौं, सरकारमा सहभागी हुने विषयमा २२ सांसदको एउटै मत छ ।’

वरिष्ठ नेता नेपाल भने पार्टीभित्र एकताको प्रयास जारी रहेकाले तत्काल सरकारमा सहभागी नहुने अडानमा रहेका छन् । तर, नेपाल पक्षीय कतिपय सांसद भने सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् । सांसद चौधरीका अनुसार बैठकमा एमाले संसदीय दलको नेतासमेत फेर्नुपर्ने माग उठेको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप